सत्तारुढ दलबाटै गुण्डागर्दी र आक्रमण : एमाले


२७ कार्तिक २०७४, सोमबार
CPN UML office

काठमाडौँ : एमाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई आतंकित पार्न सत्तारुद्ध दलहरुबाट गुण्डागर्दी एवं आक्रमणको घटनाहरू बढदै गएको भन्दै आपति जनाएको छ ।CPN UML office
एमाले र माओवादी केन्द्रको वामगठबन्धनका साझा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण एवं गुण्डागर्दी बढेपछि एमालेले सरकार र निर्वाचन आयोगसँग सुरक्षाको माग गरेको छ । आइतबार एमाले नेता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा मतदातालाई आतंकित पार्न सत्तारुढ दलबाटै यस्तो गुण्डागर्दी एवं आक्रमण भएको आरोप लगाइएको छ ।

‘मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा सत्ताधारी दलहरुबाट विभिन्न खालका गुण्डागर्दी र आक्रमणका घटनाहरू बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वामगठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता एवं बिनाबिभागिए मन्त्री जर्नादन शर्मामाथि रुकुममा निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा गत शुक्रवार बम प्रहार भएको र शनिवार प्रतिनिधिसभा रोल्पाका वामगठबन्धनका उम्मेदवार बर्षमान पुनमाथि रोल्पाको माडीगाउ“मा बम आक्रमण प्रयासको एमालेले भत्र्सना गरेको छ ।
निर्वाचन नजिकिन्दै जाँदा सत्तासंरक्षित गुण्डागर्दीको रूपमा सोलुखुम्बुमा वामगठबन्धनका साझा उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र समर्थकहरुलाई धम्क्याउने, तर्साउने कार्यहरू भइरहेको प्रति एमालेले खेद व्यक्त गर्दै त्यस्ता कार्यमा संलग्नलाई तुरुन्त कारबाही गर्न माग गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन १० र २१ मङ्सिरमा दुई चरणमा गर्ने भनिए पनि यस्ता क्रियाकलापले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न हुनेमा एमालेले शङ्का व्यक्त गरेको छ ।
दुवै चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एव. भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकार र निर्वाचन आयोगसंग माग समेत गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७