एनआइसी एसिया बैंकले ल्यायो सवारी र घरजग्गामा ‘चमत्कारिक’ कर्जा योजना


२६ भाद्र २०७५, मंगलवार
NIC Asia

काठमाडौं, भदौ २६ । एन आई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ ।

यस कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझ बढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

चमत्कारिक सवारी कर्जा

“एन आई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् ।

जसका विशेषताहरुमा तुरुन्तै कर्जा स्वीकृति, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अति न्यून मासिक किस्ता रकम, आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिक ब्याजदर ०।९५ मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट रघर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था रहेका छन् ।

चमत्कारिक घर जग्गा कर्जा

बैंकले चमत्कारिक घर जग्गा कर्जा पनि सार्वजनिक गरेको छ । जसका विशेषतामा आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर ०।९५ मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने जस्ता कर्जा योजना छन् ।

दुवै कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने बैंकले जनाएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७