पाकिस्तान ईन्टरनेशनल सेरिजमा दिपेश र शोभाको जोडीलाई उपाधी


२७ कार्तिक २०७४, सोमबार
shovha gauchan
काठमाडौं: नेपालका नम्बर एक जोडी रत्नजित तामाङ्ग र नङ्गशल तामाङ्ग पाकिस्तानमा जारी योनेक्स सनराईज पाकिस्तान ईन्टरनेशनल सेरिज २०१७ को मिक्स जोडीमा पराजित भएका छन् ।shovha gauchanपाकिस्तानको लिकत जिम्नेजियम, इस्लामावादमा भएको प्रतियोगितामा दिपेश धामी र शोभा गौचनको जोडीले अघिल्लो संस्करणका विजयी तामाङ्ग दिदिभाईको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जनाएका छन् । दिपेश र शोभाको जोडीले पाकिस्तानी जोडीलाई पराजित गर्दै फाईनलमा दिदिभाई संग भेट पक्का गरेका थिए ।
सोही प्रतियोगिताको मिक्स डबल्स तर्फको खेलमा बिष्णु कटुवाल र सुनैना मुखियाको जोडीले तेश्रो स्थान हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भएका छन् । कटुवाल र मुखियाको जोडी सेमीफाईनलमा तामाङ्ग दिदिभाईको जोडी संग पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७