प्रधानन्यायाधीश मिश्रले दीपकराज जोशीलाई पेशी तोके


२८ भाद्र २०७५, बिहीबार
peshi

काठमाडौं, २८ भदौ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायाधीश दीपकराज जोशीको बेन्चमा बिहीबार पेशी तोकेका छन् । आइतबारदेखि प्रधानन्यायाधीशको रुपमा पेशी तोकेका मिश्रले बुधबारसम्म जोशीलाई पेशी तोकेका थिएनन् । तर बिहीबार ३ वटा मुद्दामा उनले जोशीलाई पेशी तोकेका छन् । तीनवटा सार्वशजनिक सरोकारका रिटको पेशी जोशीको एकल इजलासमा तोकिएको छ ।

peshi

सीताकुमारी शाहीले दायर गरेको उच्च अदालत दिपायल डोटीका बिरुद्धको रिटको पेशी जोशीको बेन्चमा तोकिएको छ । लक्ष्मणकुमार गिरीसमेत मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको रिट पनि उनकै बेन्चमा तोकिएको छ । उपभोक्ता हित संरक्षण मन्चको तर्फबाट बिष्णुप्रसाद तिम्सिनाले मन्त्रिपरिषदलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेशी पनि जोशीकै इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीशमा संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेका न्यायाधीश दीपकराज जोशी शुक्रबारसम्म बिदा थप्दै बसेका थिए । शुक्रबार संसदीय सुनुवाइ समितिबाट ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा अनुमोदन भएपछि जोशी स्वागत गर्न पुगेका थिए । मिश्रकै नेतृत्वमा न्यायाधीशका रुपमा काम गर्न तयार भएका जोशीलाई बुधबारसम्म पेशी तोकिएको थिएन । तर बिहीबार भने पेशी ताकिएको छ । जोशीले हिजो जसलाई पेशी तोकेका थिए, आज उनले तोकेको पेशीमा उनले मुद्दा हेर्दैछन् । नेपालमा मात्र होइन, अरु कुनै देशमा पनि यो एक नौलो उदाहरण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७