भारतमा दिएको अन्तरवार्ताले विवादमा प्रचण्ड, नेकपा बैठकमै भयो आलोचना


२८ भाद्र २०७५, बिहीबार
prachanda niras

काठमाडौं, २८ भदौं । पार्टीका जनवर्गीय संगठन तथा प्रदेश कमिटीहरुको एकीकरणका विषयमा छलफल गर्न आज बोलाइएको नेकपा सचिवालयको वैठक विषय केन्द्रित हुनु भन्दा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचनामा केन्द्रित भयो ।

prachanda
फाइल फोटो

अध्यक्ष दाहालले भारत भ्रमणका वेला हिन्दुस्तान टाइम्सलाई दिइएको अन्तरवार्ताको विषयलाई लिएर वैठकमा नेताहरुले प्रश्न उठाएका थिए ।

दाहालले आफ्नो भारत भ्रमणका क्रममा उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा ओलीले आफूलाई दुई वर्षभित्र प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद दिन्छु भनी प्रतिवद्धता जनाएको र यदि नदिए त्यसमा पुनर्विचार हुने भन्दै यो कुरा आफूले भारतीय नेताहरुलाई पनि भनेको बताएका छन् ।

दाहालको यो भनाइलाई लिएर नेताहरुले वैठकमा प्रश्न उठाएपछि आफूले नभनेको कुरा पत्रिकाले छापेको भनेर जवाफ दिएका थिए ।

त्यसबाहेक बुधबारको वैठकमा महासचिव विष्णु पौडेलले जनवर्गीय संगठन तथा प्रदेश र जिल्ला कमिटीबाट आएका नाम र अहिलेसम्म भएको प्रगतिका बारेमा बैठकमा रिपोर्टिङ गरेका थिए । आज विहीबार बस्ने सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंग्याउने वैठकमा सहभागी एक नेताले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७