एन्फाद्वारा सम्झौता रद्द


२९ भाद्र २०७५, शुक्रबार
anfaa DjrS29N8tu K4RfBHLgz2

काठमाडौं, २९ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ ।

anfaa DjrS29N8tu K4RfBHLgz2

नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको हो ।

‘टेलिभिजनसँगको छलफलमै प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौं’, एन्फा प्रवक्ता किरण राईले भने ।

गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि पाँच करोडको प्रायोजन सम्झौता भएको थियो । जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रशारण गर्दै आएको थियो । सहमतिअनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको थियो ।

सो बापत उक्त टिभीले एन्फालाई वार्षिक कक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो । यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ ।

‘शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजकको रुपमा रामशर मिडिया प्रालिले एन्फालाई पहिलो वर्ष एक, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोड रुपैया दिने प्रवक्ता राईले जानकारी दिए । सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७