कारमा ३६० मात्र खर्च गरे २१२ किमी यात्रा, यस्तो छ ‘सोउलइभ कार’


२९ भाद्र २०७५, शुक्रबार
car 34 e1536906384521

काठमाडौं, २९ भदौ । तपाई आफ्नो कारमा इन्धनका लागि दैनिक कति खर्च गर्नु हुन्छ अनि कति किलोमिटरको यात्रा गर्नु हुन्छ ? सयमा त यो हिसाब पक्कै छैन । तर अब तपाईले ३६० रुपैंयाँ खर्च गर्दा २१२ किलोमिटर यात्रा गर्न सक्ने सुविधाको कार उपभोग गर्न सक्नु हुने भएको छ ।

car 34 e1536906384521

नाडा अटो शोमा किया कम्पनीले दुई मोडेलको इेक्ट्रिक कार प्रदर्शन गरेको छ । ३ घण्टामै फुल चार्ज गर्न सकिने किभ ‘सोउलइभ’ नामक कार मेलाको आकर्षणको केन्द्रमा रहेको छ ।
दुई मोडेलमा उपलब्ध रहेको कारको मूल्य कम्पनीले ५८ लाख र ५६ लाख रुपैंया तोकेको छ । कम्पनीका अनुसार सन्डुप भएको कारको मूल्य ५६ लाख पर्नेछ भने सन्डुप नभएको कारको मूल्य ५६ लाख रुपैंया तोकेको छ ।

१ लाख किमलोमिटरसम्मको ग्यान्टी रहेको कारको ब्याट्री डीसी फास्ट चार्जरले ३० मिनेटमै फुल चार्ज गर्न सक्छ । ब्याट्री फुल चार्ज गर्नको लागि न्युनतम २७ युनिट विद्युत लाग्नेछ । कम्पनीका अनुसार हाल १ युनिट विद्युतको मूल्य १३.५ रुपैयाँ लाग्नेछ ।

गाडीको ब्याट्री चार्ज गर्नको लागि सामान्यतय ३ फेजको विद्युत आवश्यक पर्नेछ । ग्राहकले आफ्नो घरमा पनि ब्याट्री चार्ज गर्न सक्नेछन् । कम्पनीका प्रोडक्ट स्पेशललिष्ट प्रदिप बत्र्यौलाका अनुसार ३ फेजको विद्युतमा १० एम्पियरको मिटरबाट ब्याट्री सजिलै चार्ज गर्न सकिनेछ ।

कम्पनीले ब्यट्रीमा ५ देखि ७ वर्षसम्मको ग्यारेन्टी समेत गर्नेछ । अटो लोनमा सवारी खरिद गर्न चाहाने ब्यक्तिले ९.९५ प्रतिशतमा ब्याजदरमा कर्जा सुविधा लिन सक्नेछन् । कम्पनीले लामो यात्राका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने समेत तयारी गरेको छ । जस अनुसार पृथ्वी राजमार्गको कुरिनटार रिभरसाइड रिसोर्टमा चार्जिङ स्टेशनको व्यवस्था समेत गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७