ह्यूण्डाईले लन्च गर्यो, विद्युतीय गाडी ‘आयोनिक’ यस्तो छ बिशेषता


२९ भाद्र २०७५, शुक्रबार
1536923602iniq

काठमार्डौ,भदौ २९। ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नाडा अटो शोमा गरेको छ । ह्यूण्डाई ईलेक्ट्रीक कार नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।

1536923602iniq

ईलेक्ट्रीक कारमा २८ केडब्ल्यूएच लिथियम आयोन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ केडब्ल्यूको ईलेक्ट्रीक मोटर छ, जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिन्छ र यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर हुन्छ ।

नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ । आयोनिकको साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आयोनिकको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्ने ह्यूण्डाईले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७