प्रलेस प्रतिभा पुरस्कार सीतालाई


३१ भाद्र २०७५, आईतवार
pragatishil lekhak sangh 1479621802

काठमाडौं, ३१ भदौ । प्रगतिशील लेखक संघ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तककी श्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ ।

pragatishil lekhak sangh 1479621802

संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १० हजार रहेको छ ।

पुरस्कार चयनका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय विभेदविरुद्ध संघर्षरत रही साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई पुरस्कार दिन सिफारिस गरेको महासचिव आरएम डङ्गोलले बताए ।

सिफारिस समितिमा डा. भागवत आचार्य र शोभा दुलाल सदस्य छन् । संघका पूर्व अध्यक्षले आफूले पाएको दुई लाखको पुरस्कार राशिबाट पुरस्कारको अक्षयकोष खडा भएको हो । आगामी असोज ६ गते स्थापना दिवसमा पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७