गोंगबुमा गोर्खाज फाइनान्सको २३ औं शाखा विस्तार


३१ भाद्र २०७५, आईतवार
gurkhas finance 4

काठमाडौं, ३१ भदौं । काठमाडौंको गोंगबुमा भूत पूर्व गोरखाहरुको लगानीमा सञ्चालित गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको २३ औँ शाखा विस्तार भएको छ ।


नेपालको प्रमुख शहरहरुमा आफ्नो शाखा विस्तार गरी सर्वसाधरणलाई वित्तीया सेवा प्रदान गर्दै आएको गोर्खाज फाइनान्सले काठमाडौं गोंगबुमा शाखा विस्तार गरेको हो । २३ औं शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्गले  गरेका हो ।


काठमाडौंमा हेड अफिस रहेको गोर्खाज फाइनान्सले यसअघि २२ शाखा सञ्चालनमा छन् । पूर्वको विर्तामोडदेखि कैलालीसम्म यस फाइनान्सको शाखा छन् ।

भूत पूर्व लाहुरेहरुको लगानीमा खुलेको यस वित्तीय संस्थाले गरिबीको रेखामुनी रहेका नेपाली समुदायको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउनुका लागि वित्तीय कारोबारलाई देशव्यापी बनाउने अभियान जारी राखेको संस्थाको अध्यक्ष प्रेमबहादुर खापुङले बताएका छन् ।


अब गोर्खाज फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक, दोस्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाइनान्स लिमिटेडले बिज्ञप्ती जारी गरी जनाएको छ ।

गोर्खाज फाईनान्स लिमिटेडको मुख्य कार्यालय काठमाडौं डिल्ली बजारमा छ ।  हाल गोर्खाज फाईनान्स लिमिटेडको चुक्ता पुजी ८६.७९ करोड रहेको छ ।

 गोर्खाज फाईनान्स लिमिटेडको चुक्ता पुजी ८६.७९ करोड रहेको छ । फाईनान्सले आ?फ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, ई– बैंकिङ्ग, डेबिट कार्ड, आई.पि.एस. जस्ता आधुनिक वित्तीय सेवा प्रदान गरिरहको छ । हाल सम्म फाईनान्सले ६ अर्ब २० करोड निक्षेप र ४ अर्ब २५ करोड कर्जा लगानी रहेको फाईनान्सले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७