जिल्ला अदालतको आदेश उल्टाउदै उच्च अदालतद्धारा ३३ किलो सुन प्रकरणका प्रहरीहरु धमाधम रिहा


३१ भाद्र २०७५, आईतवार
Dibesh Lohani

काठमाडौं, ३१ भदौ । तस्करीको ३३ किलो सुन प्रकरणमा थुनामा रहेका प्रहरी अधिकारीहरु धमाधम रिहा भएका छन् ।

सुन प्रकरणको अन्तिम टुंगो नलाग्दै जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरको आदेशमा उनीहरु रिहा भएका हुन् ।

Dibesh Lohani


आइतबार सुन प्रकरणमा थुनामा रहेका डिएसपी प्रजित केसीलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

आइतबार न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डिएसपी केसीलाई साधरण तारेखमा छोड्न आदेश दिएको हो ।

शुक्रबार नेपाल प्रहरीका निलम्बिति एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको थियो ।

आदेश उल्टाउन माग गर्दै निबेदन दिने अभियुक्त्तहरु मध्ये निलम्बित लोहनीलाई थुना मुक्त्त गर्न उच्च अदालतले शुक्रबार अन्तिम आदेश दिएको हो ।


२९ भदौमा उच्च अदालत बिराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त्त ईजलासले जिल्ला अदालत मोरगको ८ जेठको आदेशलाई उल्टाउँदै अभियुक्त्त लोहनीलाई तारेखमा रहेर पुर्पक्ष गर्न दिन अन्तिम आदेश दिएको छ ।

उच्च अदालत बिराटनगरले सुन तस्करी र शनम शाक्य हत्या आरोपमा निलम्बित डिएसपी सञ्जयबहादुर राउत सहित १० जनालाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिसेकको छ । थुनामा रहेर आदेश उल्टाउन निवेदन गर्ने २३ जना अभियुक्त्तहरुको हकमा अझै सुनवाई हुन बाँकी छ ।

जिल्ला अदालतको आदेश उल्टाउन निवेदन गर्ने अभियुक्त्तहरु मध्ये चुँडामणी उप्रेती ९गोरे०का सहयोगी लाक्पा शेर्पा, टेकराज मल्ल सहित एयरलायन्स कर्मचारी तुलाराम थारु, पुण्यप्रसाद लामा, सुन कारोवारी महाबिरप्रसाद गोल्यान सहित हेमन्त गौतम र राजन थापा, सम्बिरप्रसाद तोलाङगे र राजनकुमारको हकमा पनि उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गर्दै कानुन बमोजिम गर्न अन्तिम आदेश गरिसकेको छ ।

अन्तिम आदेश हुन बाँकी रहेका २३ अभियुक्त्तहरुमा पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, निलम्बित एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत छन् । तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख हुँदा सनम शाक्य हत्या र ३३ किलो सुन अनुसन्धानमा लोहनी नेतृत्वको प्रहरी खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले ९ प्रहरीसहित ६३ जनाविरूद्ध संगठित अपराध ऐन अनुसार मुद्दा चलाएको थियो ।

गृह मन्त्रालयद्वारा गठित छानविन समितिले शंका गरेपछि उनी प्रतिवादी बनाइएका थिए। गत असार ७ गते लोहनीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७