मानव अधिकारको रक्षाका लागि आयोग सचेत छ : प्रकाश वस्ती


प्रकाशित मिति : November 13, 2017

काठमाडौं : मानव अधिकार रक्षाका लागि राष्ट्रिय मानव अधिकारले प्रभावकारी रुपमा आफ्नो कार्य गर्नपर्ने वक्ताहरुले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कातिक २७ गते काठमाडौंको अनामनगरमा ‘काठमाडौं जिल्लाको मानव अधिकार प्राथमिकत्ता क्षेत्र निर्धारण’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रमका वक्ताहरुले वालअधिकार, महिला अधिकार, खाद्य अधिकार, स्वास्थ्य अधिकार, नागरिक तथा राजनीतिक अधिकार, सामुहिक अधिकार, शिक्षाको अधिकार, समाजिक अधिकार, साँस्कृतीक अधिकार, आर्थिक अधिकार लगायतका क्षेत्रमा आयोगले प्रभावकारी कार्य गर्नुपर्ने बताए ।
आयोगका सदस्य प्रकाश वस्तीको अध्यक्षता एवं काठमाडौं जिल्लाका कायम मुकाय प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको संयोजनमा भएको कार्यक्रममा मानव अधिकार क्षेत्रमा कार्यरत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सदस्य वस्तीले सवैका लागि घरघरमा मानव अधिकार, शान्ति र बिकाशको आधार नै आयोगको मुल नारा भएकाले मानव अधिकारको रक्षा, पीडितलाई न्याय एवं पीडिकलाई कारवाही गराउँनमा आयोग सचेत रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्