आधारभूत तहको शिक्षा सुनिश्चित भएको गोदानरी नगरपालिकाको घोषणा


३१ भाद्र २०७५, आईतवार
godawari 1

ललितपुर, ३१ भदौ । कोही पनि विद्यालय जाने उमेर समुहका बालवालिकाहरु विद्यालय बाहिर नरहेको प्रतिवेदनको सार्वजनिक गर्दै गोदावरी नगरपालिकाले  अाइतबार एक कार्यक्रमको आयोजना गरि आधारभूत तहको शिक्षा सुनिश्चित भएको घोषणा गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक श्री अम्बरबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालनको क्रममा नगर शिक्षा अधिकृत देविलाल बिष्टले सम्पुर्ण सरोकारवालाहरु लाई धन्यवाद दिदै आगामी दिनमा निरन्तरता र दिगोपनाको लागि चुनौति रहेको र यसमा सबैको साथ आवश्यक रहेको बताए ।

शिक्षा विकासका तथा समन्वय एकाइ ललितपुरका एकाइ प्रमुख गुणराज पोखरेलले अव सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने क्षमता रहेकोले जनमानसमा विश्वास दिलाउन सक्ने वातावरण बनाउन सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरुलाई आग्रह गरे ।

उनले ललितपुरकै आधारभूत तहको शिक्षा सुनिश्चित पहिलो नगरपालिका घोषणा भएकोमा बधाई समेत समेत दिए ।

सामाजिक विकास समितिका संयोजक भाष्कर थापाले समाज समृद्धिको लागि सामाजिक विकासले दुरगामी प्रभाव पार्ने भन्दै शिक्षा, स्वास्थ्यजस्ता महत्वपुर्ण विषयमा नगरपालिकामा धेरै कार्यक्रमहरु रहेको जानकारी गराए ।

शिक्षाबाट कुनै पनि बालवालिका बञ्चित हुनुनपर्ने र नगरको विकट क्षेत्रमा आफैं अनुगमन र भ्रमण गदै भर्ना अभियानको नतिजाले घोषणा गर्न सफल भएको नगर उप प्रमुख मुना अधिकारीले बताए ।
कुनैपनि विद्यालयमा अव विभिन्न राजनितिक दलिय गुटको आधारमा नभई विद्यार्थीको भविष्यमा चिन्तित रहन नगर प्रमुख गजेन्द्र महर्जनले निर्देशन दिए ।

सो कार्यव्रm ममा नगरमा स्थायी बसोवास गर्ने विद्यावारिधि गरेका ब्यक्ति लगायत शिक्षा क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्व र सहयोग गर्ने विभिन्न गैर सरकारी संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

घोषणा सम्म आईपुग्न सञ्चालन गरेका कार्यक्रम, अभियान, विभिन्न पहल र कदमहरुको असल अभ्यासलाई समेटेर भिडियो बृत्तचित्र समेत निर्माण गरिएको छ ।

एकिकृत शैक्षिक क्यालेण्डर लागु भएको यस नगरपालिकामा आगामी दिनमा आधारभूत तहको शिक्षाको दिगोपना र निरन्तरताका लागि प्रतिवद्धता जाहेर गर्दै २०७५ चैत्र भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्नेे लक्ष्य रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७