असोज ३ लाई समाजवादी फोरमले यो वर्ष कालो दिवसको रुपमा नमनाउने


१ आश्विन २०७५, सोमबार
Upendra Yadav Ashok Rai

काठमाडौँ, १ असोज । सङ्घीय समाजवादी फोरम नेपालले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा नमनाउने भएको छ । यसअघिका वर्षहरु कालो दिवसको रुपमा मनाउँदै आएको फोरमले यो वर्ष कालो दिवसको रुपमा नमनाउने घोषणा गरेको हो ।


पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो ।

सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवसरुप असोज ३ गते मनाउने भएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको छ,’

पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको उल्लेख गरेको छ ।

राजपाले भव्यरुपमा कालो दिवस मनाउने
यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने असोज ३ लाई ‘कालो दिन’कोको रुपमा मनाउने निर्णय गरेको छ । राजपाको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा जारी राजनीतिक समितिको बैठकले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो ।

उसले अहिलेसम्म संविधान संशोधनको विषयमा सरकारले कुनै पहल नगरेको भन्दै राजपाले कालो दिवसको रुपमा यस वर्ष पनि निरन्तर मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७