चालकहरुको प्रतिवद्धता : म जिम्मेवार यातायात मजदुर


१ आश्विन २०७५, सोमबार
yatayat majdur 2

भीमज्वाला राई
काठमाण्डौं, १ असोज । यात्रु सेवालाई स्तरिय बनाउने र सडक दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीले म जिम्मेवार यातायात मजदुर अभियानको थालनी गरेको छ ।

सोमबार विश्वकर्मा पुजाका दिनलाई विशेष दिनका रुपमा मनाउदै यातायात मजदुरहरुलाई अनुशासित र जिम्मेवार बनाउने उदेश्यले सबै यातायात मजदुरहरुलाई प्रतिवद्धता सहितको स्टिकर वितरण गरेर अभियानको थालनी गरिएको हो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउदीन, सवारी चलादा मोवाईल फोन प्रयोग गर्दिन, महिला, बालबालिका, अशक्त र बृद्धबृद्धालाई सम्मान गर्छु, तिब्र गतिमा सवारी चलाउदिन, बाल श्रमको प्रयोग गर्दिन, तोकिएको भन्दा बढी भाडा लिदिन, ट्राफिक नियमको पालना गर्छु र सबैसंग सभ्य भाषाको प्रयोग गर्छु भन्ने प्रतिवद्धता स्टिकरमा उल्लेख गरिएको छ ।


देशव्यापी अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम सोमबार प्रदेश नम्बर ३ को कलंकी चोकमा एक कार्यक्रमको आयोजना गरि जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष भीमज्वाला राई, उपाध्यक्षहरु ठाकुरकुमार श्रेष्ठ, विष्णु लामा, महासचिव नवराज घिमिरे लगायतका नेताहरु तथा यातायात मजदुरहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

अभियान अन्तरगत संगठनका विभिन्न तहका कमिटीहरुले लगनखेल बसपार्क, सुन्धारा, एनएसी पार्क, कालिमाटी, अन्तराष्ट्रिय विमानस्थल, बालाजु, स्वयम्भुमा स्टिकर वितरण तथा मजदुरहरुकाबीच अभियान सञ्चालन गरेका थिए ।

त्यस्तै भक्तपुरको कमलविनायक, दोलखाको भीमेश्वर नगरपालिका, धादिङको नौविसे, चितवनको मुग्लिङ, काभ्रेको पनौति, काठमाण्डौंको पुरानो बसपार्क, काभ्रेको धुलिखेल, बनेपा, सिनामंगल, चावहिल, गोल्फुटार लगायतका स्थानका पार्कहरुमा अभियान सञ्चालन गरेका थिए ।


अभियान देशव्यापी सञ्चालन गरिने यस अभियानबाट एक वर्षमा एकलाख यातायात मजदुरहरुलाई म जिम्मेवार यातायात मजदुरलाई प्रतिवद्ध बनाईने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

यातायात मजदुरहरुको व्यवहार, भाषा शैली तथा गतिविधिका सम्बन्धमा आमसर्वसाधारणबाट गुनासाहरु आईरहेको र सडक दुर्घटना बढ्दै गईरहेकाले मजदुरहरुलाई अनुशासित बनाउने अभियान संगठनको तर्फबाट सञ्चालन गरिएको राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७