२६ सय प्रहरी जवानको अन्तिम नतिजा (सूचीसहित)
काठमाडौँ : नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान (जनपद) तर्फ गत वर्ष माघ २० गते २६७८ जना नयाँ भर्नाका लागि गरेको विज्ञापन अनुसार लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखा नक्सालले सोमबार एक सूचना प्रकाशित गरी अन्तिम परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको नाम सार्वजनिक गरेको हो ।
प्रहरी प्रधान कार्यालयले अन्तिम परीक्षामा उत्तीर्णहरुलाई नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र ४(४ प्रति पासपोर्ट साइजको फोटोसहित मंसिर ४ गते ११ बजे सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित हुन भनेको छ ।