मलेसियामा चार नेपालीको मृत्यु, १३ जना बिरामी


२ आश्विन २०७५, मंगलवार
Malesiya

काठमाडौं, असोज २ । मलेसियामा मंगलबार चार जना नेपालीको रहस्यमयी मृत्यु भएको छ। मलेसियाली सञ्चारमाध्यमका अनुसार विषाक्त रक्सीका कारण उनीहरूको मृत्यु भएको बताइए पनि कारण खुल्न सकेको छैन। थप १३ नेपाली बिरामी भएर अस्पतालमा उपचार गरिरहेका छन्।

Malesiya

उनीहरूले सोमबार राति क्लाङ उपत्यकाका विभिन्न पसलबाट रक्सी किनेको प्रहरी अनुसन्धानमा देखिएको छ। मन्डालय विस्की, किङफिसर बियर, ग्रान्ड रोयल विस्की किनेको देखियो,’ सेलान्गोरका प्रहरी प्रमुख दातुक मज्लन मन्सुरले भने,‘हामी पोष्टमर्टम रिपोर्ट पर्खिरहेका छौं।’

प्रहरीका अनुसार यो घटनामा सात जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन्। उनीहरू विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

परराष्ट्र मन्त्रालयले क्वालाम्पुरस्थित नेपाली दूतावासमार्फत् घटनाबारे बुझिरहेको तर अहिलेसम्म विवरण आउन नसकेको बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७