संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई


३ आश्विन २०७५, बुधबार
sherdhan

मोरङ, ३ असोज । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वर्धन गरेको बताएका छन् । 

sherdhan
प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई

संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सो कुरा बताएका हुन् ।

उनले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवर्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । 

मूल समारोह समितिको संयोजक समेत रहेका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील रहेको बताए । सो अवसरमा प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो ।

कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७