कक्षा १२ को मौका परीक्षाको नतिजा आज, यसरी हेर्नुस् नतिजा


३ आश्विन २०७५, बुधबार
exam board

काठमाडौं, ३ असोज । कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजासम्बन्धी सबै काम पूरा गरी १० बजे बोर्ड बैठक बोलाएको थियो ।

exam board

बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । ग्रेडवृद्धि परीक्षामा सामेल हुने बिद्यार्थीले पहिलो भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड राखिने जनाइएको छ ।

यसरी हेर्ने नतिजा
नतिजा सार्वजनिक भए पनि मोबाइलको म्यासेज बक्समा NEB लेखेर एउटा स्पेस दिई आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएम्यस पठाएर आफ्नो नतिजा हेर्न सकिन्छ ।

जस्तै : तपाइंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाउँदा सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७