यातायात बन्द गर्न उक्साउनेहरुप्रति सजग रहन आग्रह


३ आश्विन २०७५, बुधबार

काठमाण्डौं, ३ असोज । चालक जेल जाने भ्रामक प्रचार गरेर यातायात बन्द गर्न उक्साउनेहरुप्रति सजग रहन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरुलाई आग्रह गरेको छ ।

मुलुकी अपराध संहितामा आएको परिवर्तनले सवारी तथा यातायात व्यवस्था ऐनमा केही संशोधन भएपनि प्रचार गरिए जस्तै निर्दोष चालक जेल जाने अवस्था नरहेकोले संगठनले जनाएको छ ।

Bhimjwala Rai 1
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष ,भीमज्वाला राई

गत भदौ एक गतेदेखि चर्चामा आएको उक्त कानुन २०७४ साल अशोज ३० गते नै सदनबाट प्रमाणिकरण भएको थियो । संशोधित संहिताका आधारमा सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ ज्यान मरेमा हुने सजायको उपदफा १ को मनसायप्रेरित घटनामा सर्वस्वसहित जन्मकैद भन्ने स्थानमा सर्वस्वसहित भन्ने हटाईएकोछ ।

दफा १६१ को उपदफा २ लापरवाही भएको प्रमाणित भएमा २ देखि १० वर्षसम्म कैद रहेकोमा संहिताले फौजदारी कसुरको सजायको न्युनतम समय ३ वर्ष बनाईएकाले उक्त दफामा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था भएको छ तर ३ वर्ष कैद सजाय सुनाईएका कसुरदार धरौटीमा छुट्ने संहिताले व्यवस्था गरेकाले यसको संशोधनले चालकहरु आतंकित हुनु आवश्यक नरहेको र निर्दोष चालक जेल नजाने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन  अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

त्यस्तै ऐनको दफा १६१ को उपदफा ३ को भवितव्य घटनामा एक वर्षसम्म कैद र २ हजारसम्म जरिवाना हुने व्यवस्थामा कुनै संशोधन नभएकाले कसैको हल्लाको पछि लाग्न जरुरी नरहेको अध्यक्ष राईले बताएका छन् ।

दफा १६७ मा रहेको काबु बाहिरको परिस्थितिमा दुर्घटना भई कुनै हानी नोक्सानी भएमा चालकलाई कुनै सजाय नहुने व्यवस्था रहेकाले सम्पूर्ण यातायात मजदुरहरुलाई संयमित रहन राईले आग्रह गरेका छन् ।

गलत हल्लाको पछि नलाग्न मजदुरहरुलाई संगठनले आग्रह गरेको छ । सडक दुर्घटनाको छानविन निष्पक्ष हुनु पर्ने, एकपक्षिय रुपमा चालकलाई दोष लगाउने गलत परम्परा विरुद्ध संगठनले सजगताकासाथ निगरानी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७