नवाज सरिफलाई रिहा गर्न उच्च अदालतको आदेश


३ आश्विन २०७५, बुधबार
nawaj sarif

काठमाडौं ३ असोज । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफलाई जेल मुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले शरिफालाई रिहा गर्न आदेश दिएको हो । शरिफसँगै उनका छोरी ज्वाइँको ७ वर्षको सजाय स्थगित गरिएको छ ।

उनीहरूलाई उच्च अदालतले शरिफको मुद्दामा अनावश्यकरुपमा तानिएको बताउँदै जेल मुक्त गरेको हो । शरिफ भ्रटचार अभियोगमा २ महिनादेखि १० वर्षको लागि रावलपिन्डी जेल राखिएको थियो । उनले त्यस विरुद्ध इस्लामवाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले शरिफको पुनरावेदनमा सुनुवाइ गर्दै सजाय खारेज गरेको हो ।

शरिफ लण्डमा रहेको सम्पत्तिको विवादमा रहेका छन् । तर, सरिफले आफ्नो नरहेको बताउँदै आएको छन् । उच्च अदालतले उक्त सम्पत्ति शरिफको स्वामित्वमा नरहेको निष्कर्ष निकाल्दै जेल मुक्त गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७