ओली ‘जारगन’ सधैं हिट, ‘अरिंगाल’ सामाजिक सञ्जालदेखि सदनसम्म चर्चित


३ आश्विन २०७५, बुधबार
Kp oli primeminister Of Nepal1


काठमाडौं, ३ असोज । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मालाई आलोचना गर्दा मान्छेहरु भन्छन्, ‘उखाने नेता ।’ ‘ओली भनेकै उखान, उखान भनेकै ओली’ भनेर हल्का टिप्पणी गर्नेहरु पनि नभएका होइनन् । तर, हल्का टिप्पणी गरेर उडाए जस्तो प्रधानमन्त्री ओलीले उखान मात्रै भन्ने चहिँ होइनन् । हरेक आफ्ना भाषणहरुमा ओलीले यस्तरी प्रसङ्ग मिलाएर जोड्छन्, जो अरुबाट असम्भव छ ।

Kp oli primeminister Of Nepal1



नेपाली ठेट शब्दहरुको विराट ज्ञान छ ओलीमा । नेपाली भाषाका विज्ञ वा अध्येताहरुलाई पनि सायदै त्यतिधेरै मौलिक शब्दहरु थाहा होलान् । ओलीले बोलेका शब्दहरु संग्रह गरे भोलीका पुस्ता र नेपाली भाषाको लागि सम्पति नै हुन्छ । ओली आफ्नो बोलीबाट चर्चित पनि छन् । कहिलेकाही आलोचित पनि । उनले यस्ता शब्दहरु प्रयोग गर्छन्, जसले बिरोधीहरुलाई छुने मात्रै होइन प्रतिवाद गर्न नै बाध्य बनाउँछ ।

त्यसो त ओली अभिव्यक्ति (जारगन) सधैं हिट हुने गरेको छ । ओलीको पछिल्लो अभिव्यक्ति (जारगन) अहिले हिट छ । त्यो हो, ‘अरिंगाल’ । यति हिट छी की सामाजिक सञ्जालकादेखि सदनसम्मसम्म यो शब्द चर्चित छ । मार्सि चामलपछि ‘अरिंगाल’ शब्द अहिले ब्रान्डिङ्ग भएको छ ।

‘अरिंगाल’ सामाजिक सञ्जालदेखि सदनसम्म चर्चित

PM KP Sharma oli
स्व.बोगटीको स्मृति दिवस स्व.पोष्ट बहादुर बोगटीको चौथो स्मृति दिवसको अवसरमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओलीले यही कार्यक्रममा ‘अरिंगाल’ भनेका थिए ।


प्रधानमन्त्री ओलीले ३० भदौ २०७५ मा तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा भनेको शब्द हो, अरिंगाल’ । उनले कार्यक्रममा भनेका थिए, ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ । तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन । त्यो हामीले हेर्नुपर्छ । एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि ! अर्कोलाई हमला गयो ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं ?’

प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीका हमलालाई ‘अरिंगाल’ जस्तै एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए । ‘केही कुरामा चित्त बुझेन भने प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदैनौं। प्रतिक्रियावादीले हमला र्गयो भने यसो हेर्यो प्रचण्डलाई हमला गरेको रहेछ ठीकै भएछ। म मुस्कुराउँछु’, ओलीले भनेका थिए, ‘मलाई हमला गरेको बेला (अध्यक्ष प्रचणडतिर हेरेर) केपी ओलीलाई हमला गरेको रहेछ ठीकै छ भनेर मुस्कुराइन्छ । यस्तो गर्दै गयौं भने प्रतिक्रियावादी हतोत्साही हुने होइन उत्साहित हुन्छन् ।’

यसपछि सामाजिक सञ्जालमा यतिधेरै ‘अरिंगाल’ शब्द चर्चित भयो की जसले पनि ‘अरिंगाल’ शब्द उल्लेख गरेर स्टाटसहरु लेखे । ‘अरिंगाल’ का तस्बिरहरुले फेसबुक रंगिए । पार्टीभित्रदेखि बाहिरसम्म ‘अरिंगाल’ शब्द बहस भयो । पार्टीका कार्यकर्ताहरु किन ‘अरिंगाल’ भएनन् ? भन्ने शिर्षकमा बहस भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभाति बिमलेन्द्र निधि लगायतका नेताहरुले ‘अरिंगाल’ अभिव्यक्तिको प्रतिरोध गरे ।

संसदमा पनि चर्चा भयो । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आलोचना गर्दै जवाफ समेत माग गरे । कांग्रेस सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको अरिंगाल जस्तो आक्रमण गर्नु भन्ने अभिव्यक्तिको बिरोध गरिन् ।

सांसद मीना पाण्डेले प्रधानमन्त्रीको अरिंगालको विषयकोप्रति लक्षित रहेको भन्दै प्रश्न गरिन् । उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताइन् ।

सांसद राजेन्द्र कुमार केसीले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको बताए । उनले भने, ‘निर्मलाको हत्याराको बदला अरूलाई देखाउने विरुद्ध बोल्न अपराध हो? सुन काण्डमा बोल्नु अपराध हो ?’

योगेश र विश्वप्रकाशबीच अरिंगाल बहस
अरिंगाल शब्द बुधबारबाट सञ्चालनमा आएको नयाँ अनलाइन पोर्टल ‘नयाँ पाइला डटकम’ को उद्घाटन समारोहमा पनि उस्तै चर्चित भयो । कांग्रेस प्रवक्ता शर्माले नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईलाई प्रेस विरुद्ध अरिंगाल नबन्न आग्रह गरे । उनले भने,‘मेरो कार्यव्यस्तताले आफ्ना कुरा राखेर मैले मित्र योगेशजीका कुरा सुन्न नसक्ने भएँ । केही दिनअघि उहाँले आफ्नो कुरा राखेर जानुभयो । मैले खासै उहाँका कुरा काटिन । तपाईंलाई त पार्टीबाटै अरिंगाल बन्ने निर्देशन आएको छ । प्रेस विरुद्ध अरिंगाल नबन्नुहोला ।’

नेता शर्मापछि बोलेका नेता भट्टराईले कांग्रेस धेरै वर्ष सरकारमा बस्दा–बस्दा नशा च्यापिएको दाबी गर्दै च्यापिएको नशा सक्रिय गराउन अरिंगललाई टोकाउँन सुझाब दिए । उनले भने,‘कांग्रेस धेरै वर्ष सरकारमा बस्दा–बस्दा त्यसको नशा च्यापिएको छ । अरिंगालले टोकायो भने नशा एक्टिभ हुन्छ । अरिंगाल औषधी हो, त्यसकारण कांग्रेसलाई अलिकति एक्टिभ गर्न कहिलेकाहीँ त्यो औषधी प्रयोग गर्नुपर्ला । त्यत्तिमात्रै हो, अरु केही पनि होइन ।’

नेता भट्टराईले भने प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने भन्दै प्रधानमन्त्रीको प्रतिरक्षा गरे । उनले भने,‘ भने, २०४७ सालको अन्तरिम सरकारमा गृहमन्त्री थिए योगप्रसाद उपाध्यय । त्यो बेला पनि महिला हत्या, वलत्कारका घटनाहरु भइराखेको थियो । महिलाहरु डेलिगेशन गए । त्यसबेला उहाँले भन्नुभयो । अब महिलाहरुले नङ् पाल्नुर्पयो, खुर्सानीको धुलो बोकेर हिड्नु पर्‍यो ।’


नेकपा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, पार्टी खोल्ने, बोल्ने लेख्ने संगठन गर्ने स्वतन्त्रता र भिन्न मतहरुको रक्षा गर्ने स्वतन्त्रताको पक्षमा रहेको बताए । तर कसैले दुई लाइन केही बोलेको आधारमा धारणा बनाउँदै हिँड्न नहुने उनको भनाई छ ।


पत्रकार नै कारोबारमा फसेको, गुण्डागर्दीमा फसेको, महिला बेचविखनमा फसको वा मानव बेचविखनमा संलग्न रहेको अवस्थामा राज्यले त्यसबारे छानबिन गर्न सक्ने भन्दै नेता त्यस्ता घटनालाईसमेत प्रेस स्वतन्त्रतासँज जोड्न नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७