अब मोवाईल फोनको पनि विमा हुने, यस्तो छ प्रावधान


३ आश्विन २०७५, बुधबार
mobile laptop or other crime 2 TpyZW3wkiE
फाइल फोटो


काठमाडौं,३असोज । नेपालमा मोवाईल फोन विमासम्बन्धि सेवा पनि सञ्चालनमा आएको छ । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोवाईल फोन विमासम्बन्धि सेवा सञ्चालन गर्ने समझदारी भएको हो ।

mobile laptop or other crime 2 TpyZW3wkiE

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सो सेवा लिन मोवाईल फोन धनीले आफ्नो मोवाइलको मूल्यको ५ प्रतिशत रकम विमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीमा बुझाउनुपर्नेछ ।

मोवाईल फोन विमा गरेपछि कम्पनीले एक वर्षसम्म सो मोवाईल फुटेमा, आगो वा पानीले मोवाईलको भौतिक क्षति भएर नचल्ने भएमा वा हराए÷चोरी भएमा मेरो सुरक्षा प्रालिले पहिलेको मोवाईलको डाटासहित नयाँ मोवाइल सेट उपलब्ध गराउनेमेरा सुरक्षा प्रालिका प्रमुख कार्यकारी अधिकृतक प्रेम सुनुवारले जानकारी दिए ।

कम्पनीले मोवाईल फोन विमा कार्यक्रमका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७