घट्यो अमेरिकी डलरको दर , अरु मुद्राको के छ अवस्था ?


४ आश्विन २०७५, बिहीबार

काठमाडौं, ४ असोज । बुधबार सर्वाधिक महंगो भएको अमेरीकी डलर बिहिबार भने ९७ पैसाले घडेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन जसो नयाँ रेकर्ड कायम गर्दै आएको थियो ।

बिहिबार ९आज० एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ । बिक्रि मूल्य भने १ सय १६ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर १ सय ३५ रुपैयाँ ६० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ९१ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ३८ पैसा र बिक्रिदर ३ सय ८३ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७