एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर, १० भाग्यशालीले जिते जनही एक लाख


४ आश्विन २०७५, बिहीबार
2nd week winners 1 FfWdtqJIH0

काठमाडौं,४ असोज। एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।

2nd week winners 1 FfWdtqJIH0

दोस्रो हप्ताका विजेताहरु असोज २ गते टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् । दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् ।

दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र सो प्रक्रिया समापन भए लगत्तै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम। युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दोस्रो हप्ताका दुई विजयीहरु नुवाकोटका कृष्णा कुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीन जना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गरेका छन् । धादिङ्गका रामहरी अर्याल, चितवनका राज कुमार गुरङ्ग र कुशल गुरुङ्गले पहिलो हप्ता अन्र्तगत जनही रु एक लाख जितेका थिए ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् ।

यो योजना अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ । यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ ।

ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।
प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७