यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान


५ आश्विन २०७५, शुक्रबार
nirmala bhatta

काठमाडौं, ५ असोज । दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ ।

अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् ।

जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ ।

निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ ।

बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न ।

रिपोर्ट अनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ ।

त्यस्तै, घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ ।  तर, पचात्रार भने भइनसकेको प्रहरी स्रोत बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७