यू- १९ एशिया कप : मलेसियाबिरुद्ध नेपालकाे ८ विकेटको शानदार जित
काठमाडौं: एसीसी यू- १९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित निकालेकाे छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमै पूरा गर्दे हराएकाे हाे ।
नेपालका ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए । अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरी नेपालार्इ जित दिलाएका हुन् । बलिङतर्फ मलेसियाका लागि विजय उन्नीले २ विकेट लिए ।
यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो । वर्षाका कारण डकवर्थ लेविस नियम अनुसार २४ ओभरमा झारिएकाे खेलमा घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २-२ तथा अनिलकुमार साहले १ विकेट लिए ।
समूह ‘ए’ काे अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपालको पनि यो खेलसँगै ४ अंक भएको छ। भारतको २ अंक बटुलेको छ। बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल सेमिफाइनलमा पुग्नका लागि आज बंगलादेशले भारतलाई हराउनै पर्ने हुन्छ। भारत विजयी भएमा भने राम्रो रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्छ।
अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। खेल ३२ ओभरमा घटाइएको छ। उक्त खेलमा भारतले बंगलादेशलाई १८७ रनको लक्ष्य दिएको छ।