यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


५ आश्विन २०७५, शुक्रबार

काठमाडौँ, ४ असोज । शुक्रबार (आज) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ ।

बिक्री मूल्य भने १ सय १६ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १६ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ १ पैसा छ भने बिक्रीदर १ सय ५३ रुपैयाँ ८१ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७