संखुवासभामा एमाले नेता राजेन्द्र गौतमसहित ४ नेता चढेको गाडी एम्बुसमा पर्यो


२८ कार्तिक २०७४, मंगलवार
rajendra gautam

संखुवासभा : बामगठबन्धन संखुवासभाको प्रतिनिधिसभाको उम्मेदवार चढेको गाडि एम्बुसमा परेको छ । बामगठबन्धनका  प्रतिनिधिसभको उम्मेदवार राजेन्द्र गौतमसहित ४ जना नेता सवार गाडी एम्बुसमा परेको हो ।

rajendra gautam

मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । एम्बुस कसले थापेको हो कसैले जिम्मा लिएको छैन् ।
गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ ।
बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ । बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै भोजपुरमा आजै विहान बामगठबन्धनका उम्मेदवार तथा एमाले नेता शेरधन राई माथी पनि बम प्रहार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७