समृद्धिका लागि काँग्रेसको सरकार आवश्यक : विनोद चौधरी


२८ कार्तिक २०७४, मंगलवार
Binod Chaudhary विनोद चौधरी

काठमाडौं: दुईसाता अघि नेपाली काग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरीले आफू अब नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय रहने बताएका छन् ।
नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा बोल्दै चौधरीले काँग्रेसबाट सक्रिय राजनीतिको बिधिवत सुरुवात गरेको बताए ।

Binod Chaudhary विनोद चौधरी
‘राजनीतिमा चासो राख्दै आएपनि सक्रिय थिइन’ उनले भने’ ‘आजैदेखि मेरो जीवन काँग्रेसको सक्रिय राजनीतिमा सर्मपर्ण गर्दछु । ’
२०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म सञ्चालन भइरहेको बताउँदै समृद्ध आर्थिक नीतिले मात्र लोकतन्त्र बलियो हुने बताए ।
काँग्रेसले आफ्नो समेत सल्लाहमा त्यतिखेर लिएको गतिलो आर्थिक नीतिका कारण २०४८ देखि २०५० साल सम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृश्टान्त दिए । उनले औद्योकिरण र रोजगारीको हिसाबले २०४८ देखि ५० सम्मको २ वर्ष नेपालको स्वर्ण वर्ष भएको बताए ।
नेपाली काँग्रेसले दिएको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारीलाई आफूले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले नेपाली काँग्रेसले लिने आर्थिक नीति र सम्पन्नताको खाका कोर्ने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।
उनले देशमा संमृद्धिको पहिलो आधार स्थिर सरकार आवश्यक रहेको औल्याउदै १ सय ५४ स्थानमा एक्लै प्रतिनिधिसभामा उम्मेदवारी दिएको काँग्रेसले बहुमत ल्याउन आवश्यक रहेको चर्चा गरे ।
चौधरीले काँग्रेसको बहुमतको सरकार र त्यसले समात्ने आर्थिक विकासको नीतिले देश समृद्धि तर्फ जाने ठोकुवा गरे । उनले काँग्रेसले लिने आर्थिक नीतिको भारीबोक्न आफू तैयार रहेका चर्चा गरे ।
मतदाता धेरै सचेत भैसकेको चर्चा गदै उद्योगपति तथा नेपाली काँग्रेसबाट समानुपातिका तर्फका सभासद् समेत रहेका चौधरीले ५ वर्षभित्रमा गर्न सकिने योजनाहरूको खाका खाफुसंग रहेको र त्यो पार्टीलाई सुम्पिने बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७