साहानालाई राष्ट्रपति बनाउँन सहकार्यको प्रयास गरेँ तर सफल भएन : प्रचण्ड

६ आश्विन २०७५, शनिबार
Parchanda

काठमाडौं, ६ असोज :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानलाई राष्ट्रपति बनाउने आफ्नो चाहना पुरा नभएको बताएका छन् । उनले २०७०को निर्वाचनपछि साहाना प्रधानलाई राष्ट्रपति बनाउने प्रयास गरिएको तर सफल नभएको उनको भनाई छ ।

Parchanda
प्रचण्ड

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले  साहानालाई राष्ट्रपति बनाउन आफूले सकरात्मक पहल गरेको बताए । भने,‘लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनको शिखर व्यक्तित्वको रुपमा स्थापित उहाँलाई ७० को निर्वाचनपछि राष्ट्रपतिमा राख्न सक्दा सिंगै राष्ट्रको निम्ती पनि राम्रो हुन्छ भन्ने भावना म मा आएको थियो । सकरात्मक सहकार्य गर्ने प्रयास गरे । तर, त्यो बेलाको घटनाक्रमले सफल हुन सकेन ।’

अध्यक्ष प्रचण्डले साहाना प्रधान नेपालको सबै आन्दोलनहरुको शिखर नेतृत्व भएको बताए ।

‘प्रचण्ड’ ले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि आफूलाई समाजवाद र समृद्धिका लागि सतिसालजस्तै प्रस्तुत गर्नु नेत्री साहनाको साहसी कदम भएको बताए । उनले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको जनाए ।

नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको बताए ।

नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए ।

यो पनि पढ्नुहोस् ।

विपक्षीहरुले पिपिरी बजाएर केही हुनेवाला छैन, महान् उद्देश्यमा प्रतिबद्ध छौँ : प्रधानमन्त्री

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७