गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, मुख्य योजनाकार फरार


२८ कार्तिक २०७४, मंगलवार
KTM POLICE201
uf}rg xTofdf ;+nUgnfO{ ;fj{hlgs lgdf0f{ Joj;foL dxf;+3sf cWoIf z/b uf}rgsf] xTofdf ;+nUgnfO{ d+unaf/ sf7df8f}Fdf cfof]lht kqsf/ ;Dd]ngdf ;fj{hlgs ub}{ k|x/Låf/f kqmfp k/]sf s]xL xTof/fx? g’jfsf]6sf /flhj :ofªtfg, ;ljhL dxtf], d’s]zs’df/ kf08], ;Gtf]if u’?ª / k|sfz j’9fyf]sL . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं: निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

KTM POLICE201

गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् ।यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।

पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार भनिएका समिरमान बस्नेत भने फरार छन् । गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७