प्रधानमन्त्री न्युयोर्क प्रस्थान, उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहकको जिम्मा


६ आश्विन २०७५, शनिबार
PM Kp Oli 3
k|wfgdGqL Go”of{]s k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL ;+o’Qm /fi6« ;ª3sf] ?efdf efu lng g]kfnL k|ltlglwd08nsf] g]t[Tj ub}{ cfh ;fFem ;+o’Qm /fHo cd]l/sfsf] Go”of{]s tkm{ k|:yfg ug{‘x’b} . t:jL/ gjLg kf}8]n /f;;

काठमाडौँ, ६ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले  बिदार्इ गरे । 

प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए । 

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्रीको भ्रमणदलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

७३औँ महासभा आगामी मङ्गलबारदेखि आरम्भ हुँदैछ । महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ ।

 प्रधानमन्त्रीको कार्यतालिका
प्रधानमन्त्री ओली अमेरिकी समयअनुसार आइतवार विहान न्युयोर्क अवतरण हुनेछन् । उनको व्यस्तता सोमवारदेखि शुरु हुनेछ ।

सोमवार विहान नेल्सन मण्डेला पिस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोमबारै अपरान्ह न्युयोर्कस्थित नेपाली स्थायी नियोग र महावाणिज्य दुताबास कार्यालय भ्रमण गर्नेछन् ।

लगत्तै दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलद्वारा स्वर्गीय नेल्सन मण्डेलाको सम्मानमा आयोजित रिसेप्सनमा सहभागी हुनेछन् । सोमवार साँझ अमेरिकी राष्टपति डोनाल्ड टम्पले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।

मंगलवार राष्टसंघीय महासचिवले आयोजन गर्ने रिसेप्सनमा सहभागी भएर प्रधानमन्त्री ओली त्यही दिन महासचिवद्वारा आयोजित दिवाभोजमा पनि सहभागी हुनेछन् ।

मंगलबार नै    महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्ति कार्य गर्नेसम्बन्धी उच्चस्तरीय बैठक’ लाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्कस्थित एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’सम्बन्धी विषयमा प्रवचन दिनेछन् । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

बुधवार प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डका राष्टपति एलेन बर्सेटसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बुधवार नै भियतनामको राष्ट्रिय दिवसका अबसरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।

शनिबार कोस्टारिका प्रस्थान गर्ने र त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालको सार्क व्युँताउन प्रयास
नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को १९औँ शिखर सम्मेलनका लागि कूटनीतिक प्रयास थालेको छ ।

न्युयोर्कमा ११ असोजमा बस्ने सार्क परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठकमा नेपालले भारतीय र पाकिस्तानलाई एकैसाथ राखेर सहमतिका लागि आग्रह गर्ने भएको हो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । अमेरिकी समयअनुसार दिउँसो १ बजेदेखि ३ बजेसम्म दिवाभोजसहितको अनौपचारिक वैठक हुनेछ ।

त्यसअघि ज्ञवालीले भारत र पाकिस्तानका विदेशमन्त्रीसँग बेग्लाबेग्लै छलफल गर्ने समय तय भएको छ । परराष्टमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच सोमवार अमेरिकी समयअनुसार ११ बजे साइडलाइन वार्ता तय भएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह मुहम्मद कुरेसीले मंगलवार १२ बजे नेपाली समकक्षी ज्ञवालीसँग भेटवार्ता गर्नेछन् । दुवै विदेशमन्त्रीसँगको भेट २० मिनेटका लागि तय भएको छ ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई 
राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई  दिएकी छिन् । प्र धानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् ।

राष्ट्रपतिले उनको  प्रधानमन्त्रीकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७