नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ घाइते


२५ भाद्र २०७४, आईतवार
Tapta bahadur bista

काठमाडौं : राजधानीको नयाँ बानेश्वर स्थित मन्त्रीको गाडीले सर्वसाधरणले चलाएको मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्कर दिने गाडी सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्टको रहेको प्रहरी स्रोतका बताएको छ । दुर्घटनाको समयमा मन्त्री स्वयम पनि गाडीमा सवार थिए ।

Tapta bahadur bista

बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ छन् । घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७