गाईको पूजा गरी चुनावी अभियान शुरु


२८ कार्तिक २०७४, मंगलवार
kamal thapa

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिनाथको मन्दिर क्षेत्रमा गाईको पूजा गरी चुनावी अभियान शुरु गरेको छ ।महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले गाईको पूजा गरी अभियानको शुभारम्भ गर्दै मुलुकमा वैदिक संस्कृति र सभ्यताको संरक्षण गर्न हिन्दू राष्ट्रको पहिचानलाई कायम राख्नुपर्ने आवश्यकता औँल्याए।

kamal thapa

संविधानप्रति पार्टीको आंशिक समर्थन रहेको छ, उनले भने-“हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था स्थापित गर्ने विषयमा राप्रपा प्रतिबद्ध छ ।”

पार्टीका प्रवक्ता भुवन पाठकले वैदिक मान्यतालाई स्थापित गरी मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि पार्टीले साङ्केतिक रुपमा पूजा गरी अभियान थालेको बताए ।कार्यक्रममा सो पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागितामा रहेको थियो । उक्त पार्टीको चुनाव चिह्नसमेत गाई रहेको छ ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७