पाटन औद्योगिक क्षेत्रको उद्योगमा भिषण आगलागी


२८ कार्तिक २०७४, मंगलवार

ललितपुर: पाटन औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा आगलागी भएको छ। मंगलबार बेलुकी साढे ६ बजेबाट आगलागी सुरु भए पनि कारण खुल्न सकेको छैन। आगलागीमा मानवीय क्षति नभएको वारुणयन्त्रका अधिकारीले बताए।
ललितपुर दमकलले निभाउन नसकेपछि काठमाडौंबाट थप दुई र भक्तपुरबाट एउटा दमकल मगाइएको छ। तीनैवटा दमकलबाट आगो निभाउने प्रयास जारी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७