सरकारले क्षमताका हिसाबले सही ढंगले शासन गर्न सकेको छैन् : गगन थापा


८ आश्विन २०७५, सोमबार
gagan thapa 1

पाल्पा, ८ असोज । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकार क्षमताका हिसाबले सही ढंगले शासन गर्न नसकेको बताएका छन् । नेपाल प्रेस यूनियन पाल्पाको पदस्थापना कार्यक्रम तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले सरकारले सही ढंगले शासन गर्न नसकेको बताएको हो ।


सरकारले नागरिक भएर हेर्दै गर्दा सानादेखि ठूला काम गर्न मेसो समेत नपाएको उनले बताए । नेपाली जनताले यस्तै अवस्था भोग्दै गए भने पद्धतिमा प्रश्न उठाउने भएकाले यस विषयमा सरकार गम्भीर हुन नेता थापाले आग्रह गरे ।

यस्तै उनले सरकारले जनता र प्रेससँग डराउन छाडेको आरोप लगाएका छन् । सुशासनका लागि गलत प्रवृत्ति हराउँदै गएको बताउँदै उनले निर्वा्चित सरकार जनता र प्रेससँग डराउनपर्ने सुझाव दिए ।

‘सरकार प्रश्न गर्नेहरु माथि जाई लाग्न भन्छ तर प्रश्नहरुसँग सरकार डराएन भने जनताले के भन्छन् भन्ने विषयमा बेसरोकार रह्यो भने यो एकदमै गम्भीर विषय बन्छ,’ उनले भने, ‘कसले के भन्छ भन्ने विषयमा सरोकार रहेन भने यो गलत हुन्छ ।’

प्रतिपक्षले उठाएका विषय गलत पनि हुनसक्छ तर यस विषयलाई मतलब गरिएन भने गलत प्रवृत्ति हावी हुँदै जाने उनले बताए । ‘सरकारको कदम सही हुन पनि सक्छ,’ उनले भने, ‘यी सबै विषयमा मलाई मतलब छैन तिमीहरु बोल्दै जाउँ विकासविरोधी बोल्दै जान्छन् केही पनि छैन भन्नु गलत हो ।’

यस्तै  नेता थापाले रम्भा गाउँपालिका १ हुँगीमा आयोजित विदेशमा बस्ने युवाको अगुवाईमा खरीद गरिएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालमा रोजगार सिर्जना गर्न नसक्ने हो भने १० वर्षमा गाउँमा युवा देखिन छाड्ने बताए ।

नेपाली युवाहरु विदेशमा रोजगारका लागि गएको र सोही युवाले पठाएको रेमिटेन्सले मुलुक धानिएको उनले बताए । उनले नेपाली युवा खाडी र अन्य मुलुकमा गएर काम गरेर पठाएको पैसाले मुलुक धानिनु परेको बताए।

नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीका नेताहरु समयको आवश्यकता भन्दा पनि गलत बाटोमा दौडिरहेको समेत बताए । महासमितिको बैठकका विषयमा ध्यान दिनुपर्ने बताउँदै निर्वाचन आउन कम्तीमा साढे दुई वर्ष रहँदा नेताहरु देश दौडाहामा लाग्नु गलत भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७