रहिनन् एसिड आक्रमणकी घाइते सम्झना, बुबा भन्छन् ‘अपराधिलाई फाँसि दिइयोस्’


८ आश्विन २०७५, सोमबार
samjhana dash 768x366 1


काठमाडौं, ८ असोज । एसिड आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । 

आक्रमणमा घाइते उनकी बहिनी सुस्मिताको पनि किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

मेडिकल भाषामा सेप्सिस (संक्रमण) अवस्थामा रहेकी सम्झनाको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका  जानकारी दिए ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा मेजर बर्न (गम्भीर जलेको) हो । यस्तो अवस्थामा उपचारका लागि ल्याउँदै गर्दा नै शरीर चिस्याउनेदेखि पानी दिनेसम्मका साबधानीहरू अपनाउनुपर्छु, उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँलाई यहाँ ल्याउनु अघि ती साबधानी अपनाउन सकेको देखिन्न । हामीले कोसिस त र्गयौँ तर सफल भएनौँ ।’

शरीरको २० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थालाई मेजर बर्न भनिन्छ ।  बच्चाहरूमा भने १० प्रतिशत शरीर जल्नुलाई मेजर बर्न भनिन्छ । एसिडबाट शरीर जल्नु जीवनरक्षाका दृष्टिले अझ संवेदनशील हुन्छ ।

अपराधिलाई फाँसि दिन सम्झनाको बुबाको माग

सम्झनाको मृत्युपछि बाबु जादुलाल दासले अपराधिलाई फासि दिन माग गरेको छ ।

‘एसिड छर्किएर मेरी छोरीको हत्या गर्ने अपराधिलाई फाँसिको सजाय  हुनुपर्छ ।’ उनले भने,‘एसिडको पीडा कस्तो हुन्छ, अपराधिलाई पनि छर्किएर तड्पाइ तड्पाइ मार्नुपर्छ ।’उनले यदी फासिको सजाय नभए आँखा फुटाइदिनु पर्ने बताए । उनले भने ‘त्यति पनि नभएर अर्काको छोरीचेलीमाथि गिद्धे आँखा लगाउनेको आँखा फुटाइदिनुपर्छ । ’अर्की छोरी सुस्मिताको अवस्था पनि गम्भिर रहेको र बाँच्छिन् वा मर्छिन् केही थाहा नभएको उनले बताए ।  

अस्पतालले दियो उपचार खर्चमा छुट उपचार खर्च अभाव भएको सम्झना परिवारलाई अस्पतालले छुट दिएको छ ।

उनको उपचारको लागि २ नम्बर प्रदेश सरकार र चन्द्रपुर नगरपालिकाले उपलव्ध गराएको सहयोग रकम निकासी हुन समय लाग्ने भएपछि अस्पतालले पछि तिर्ने शर्तसहित उनको शव परिवारले जिम्मा लिएको छ । 

अस्पतालले उपचारमा लागेको औषाधीको खर्च बाहेक सबै रकम छुट गराएर शव परिवारलाई बुझाएको हो ।अस्पतालले उनको शवलाई पोष्टमार्टमको लागि शिक्षणअस्पताल पठाएको छ ।

के भएको थियो घटना ?

चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका थिए ।

चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासलाई राति करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव हानेर भागेका थिए । ढोका फुटालेर घरभित्र प्रवेश गरेका व्यक्ति तेजाब छ्यापेर भागेका थिए ।

अनुहारमा तेजाव परेपछि १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मिता चिच्याइन् । अर्को कोठामा रहेकी आमा परमशीला दौडिएर पुगिन् । दुबै छोरीहरु ममी पोल्यो भनिरहेका थिए । उनी भने के भएको हो भन्ने नै छुट्याउन सकिरहेकी थिइनन् ।सम्झना र सुस्मितालाई चपुर अस्पताल दौडाइयो ।  जिल्लामा उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल ल्याइयो ।

उनीहरु साथैमा कुरुवा बस्न  छिमेकी रामबाबु पासवान आएका थिए । उनै छिमेकी रामबाबु तेजाब छ्याप्नेमा कुरुवा बसेकै बेला पक्राउ परे । उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरे ।  रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको स्वीकार गरे ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७