शिक्षक सेवा आयोगका कारण १५ दिनसम्म विद्यालय बन्द


८ आश्विन २०७५, सोमबार
teacher aayog

डडेलधुरा, ८ असोज । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यायलय बन्द गरिएका छन् । प्राय सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।

teacher aayog

उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको समद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ ।

जिल्लाका धेरैजसो विद्यालय १५ दिनका लागि र केही विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् ।

गन्यापधुरा गाउँपालिकाका केही विद्यालयमा वर्खे तथा जाडो बिदाबाट कटाउने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको उक्त गाउँपालिकाका निमित्त शिक्षा इकाई प्रमुख प्रेम सिंहऐरले बताए ।

उक्त आयोगले माविको यही असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ ।जिल्लाको पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ, भने अन्य भित्रीमधेश र केही पहाडी विद्यालयमा वर्षात्को बेला बिदा दिइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७