अमेरिकी डलर स्थिर, यस्तो छ सोमबार मुद्राको विनिमय दर


८ आश्विन २०७५, सोमबार

काठमाडौं, ८ असोज । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ ।

exchange money

नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरीद दर ११५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर राष्ट्र बैंकले ११५ रुपैयाँ ८२ पैसा तोकेको छ । राष्ट्र बैंकले युरो एकको खरीद दर १३५ रुपैयाँ ३८ पैसा र बिक्री दर १३६ रुपैयाँ ०९ पैसा तोकेको छ ।

मलेसियन रिङ्गिट एकको खरीद दर २७ रुपैयाँ ९० पैसा र बिक्री दर २८ रुपैयाँ ४ पैसा छ । कतारी रियाल एकको खरीद दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ एक पैसा रहेको छ । कुवेती दिनार एकको खरीद दर ३८० रुपैयाँ ८३ पैसा र बिक्री दर ३८२ रुपैयाँ ८१ पैसा छ ।

त्यस्तै, सिङ्गापुर डलर एकको खरीद दर ८४ रुपैयाँ ४३ पैसा र बिक्री दर ८४ रुपैयाँ ९० पैसा रहेको छ । दक्षिण कोरियन एक सयको खरीद दर १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३९ पैसा तोकिएको छ ।

हङ्कङ डलर एकको खरीद दर १४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४ रुपैयाँ ८१ पैसा तय भएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । यो विनियम दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७