शिक्षक सेवा आयोग : २०७० पछि प्राविमा सबैभन्दा धेरै विज्ञापन, साढे १२ हजार बन्दै शिक्षक


८ आश्विन २०७५, सोमबार
teacher sewa

काठमाडौं, ८ असोज । आउँदो असोज ११, १२ र १३ गते हुने स्थायी शिक्षक खुला विज्ञापनको परीक्षाबाट देशैभरका सामुदायिक विद्यालयमा एकैसाथ साढे १२ हजार भन्दा बढी युवा जनशक्तिले शिक्षक सेवा आयोगको परीक्षा दिंदैछन् ।

teacher sewa

शिक्षक सेवा आयोगका उपसचिव तथा सूचना अधिकारी दामोदर आचार्यले दिएको जानकारी अनुसार २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको ७ हजार, यसअघि ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट बाँकी रहेको २५ प्रतिशत दरबन्दी र सुविधामात्रै रोजेका अस्थायी शिक्षकहरुको ५हजार ५ सय गरी कूल १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन भएको हो ।

उनले विज्ञापनमा २ लाख ५० हजार भन्दा बढीले आवेदन दिएको जानकारी दिदैं भने परीक्षामा पास भएका साढे १२ हजार भन्दा बढी शिक्षक सिधै स्थायी शिक्षक हुनेछन् । आयोगले गत जेठमा प्राथमिकतहका लागि ९ हजार ९ सय ९६, निम्नमाध्यमिक तहका लागि १ हजार ६ सय ३५ र माध्यमिक तहका लागि १ हजार १०८ दरबन्दी माग गरेको थियो ।

शिक्षाविद् अधिकारीले राजनीतिक पहुँचको आधारमा आफ्ना मान्छे राखिने हुनाले शिक्षा क्षेत्रमा थुप्रै आयोग्य मान्छे रहेका छन् । उनले अब भने स्वतन्त्र प्रतिस्पर्धाबाट थुप्रै गुणस्तरीय शिक्षकहरुको प्रवेश हुने अपेक्षा गरिएको जनाए ।

शिक्षाविद् अधिकारीले समयानुकुलको आइटी, मोन्टेश्वरी लगायतका शिक्षा प्राप्त गरेर शिक्षण क्षेत्रमा छिर्ने नयाँ पुस्तासंगै खस्कँदो अवस्थामा रहेका सामुदायिक विद्यालयको अनुहारसमेत फेरिने विश्वास व्यक्त गरे ।

सूचना अधिकारी आचार्यका अनुसार २०७० सालपछि प्राविको सबभन्दा ठूलो विज्ञापन अहिले नै प्रकाशित भएको हो । उनले २०७० सालमा प्रावि, निमावि र मावि तहको परीक्षा लिएको त्यसपछि २०७२ र २०७३ सालमा प्रावि तहको विविध कारणले गर्दा परीक्षा लिन नसकिएको तर अरु तहको परीक्षा लिइएको बताए ।

परीक्षाको तयारी पूरा
आयोगले यही असोजको ११, १२ र १३ गते हुने स्थायी शिक्षक खुला विज्ञापनको परीक्षाका लागि केन्द्रहरु तोकेर सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

सूचना अधिकारी आचार्यले पूर्वाञ्चलका लागि ८ जिल्लामा परीक्षा केन्द्रहरु तोकिएको बताए । मध्यमाञ्चलमा ९ वटा, पश्चिमाञ्चलमा ५ र सुदुरपश्चिमाञ्चलमा ४ जिल्लाहरुमा परीक्षा केन्द्र तोकिएको छ । उनले २२५ वटा केन्द्रहरु रहने बताउँदै भने, ‘एउटा केन्द्र बराबर २२५ परीक्षार्थी रहने गरी केन्द्र तोकिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७