पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन : अर्जुननरसिंह केसी


प्रकाशित मिति : 24 September, 2018 4:42 pm

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ’, उनले भने ।

नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिए ।

प्रतिक्रिया दिनुहोस्