नेपालीहरूबिच जर्मनीमा फुटबल कप हुने


८ आश्विन २०७५, सोमबार
germany

काठमाडौँ, ८ असोज । युरोपमा फुटबल कपको रोचक हरेक समयमा हुने गर्दछ । यसैक्रममा जर्मनीमा रहेको नेपालीहरूबिच फुटबल कप हुने भएको छ । आगामी ०३ अक्टोबर २०१८ एलसिसी एन आर डब्लु र एनआरएनए जर्मनीको संयुक्त एनआरएनए जर्मनी फुटबल कप २०१८ एलसिसि एनआरडब्यू हुने भएको हो ।

आयोजनामा सम्पन्न गर्नका लागि एनआरएनए जर्मनी फुटबल कप २०१८ एलसिसि एनआरडब्यू आयोजक तदर्थ समिति गठन गरेको गैर आवासीय नेपाली सङ्घ जर्मनी अध्यक्ष विजय मोक्तानले जानकारी दिए ।

उनका अनुसार जर्मनीमा रहेका नेपाली युवा विद्यार्थी, महिला विशेष गरी दोस्रो पुस्ताको भाइबहिनी हरूलाई नेपाली समाजमा खेलको माध्यमबाट नेपाली समुदायमा धेरै उत्साहित र उत्प्रेरित गर्ने भएको बताउँदै खेललाई उत्सवको रूपमा आयोजना गर्ने तयारीमा जुटेको बताउँछन् । उनले यस कपका लागि सबैलाई सहयोगको लागि हार्दिक आव्हान गर्दे सहभागी सम्पूर्ण टिमहरूलाई अग्रिम शुभकामना व्यक्त गरे ।

उनले भनेका छन्,‘हामीले मनोरन्जनात्मक र धेरै उत्साह पूर्ण खेल मात्रै नभएर नेपाली कला संस्कृति नेपाली भेषभुषाको साथमा खेलाडीहरू र नेपाली समूहबिच आत्मीयतालाई धेरै नजिक ल्याउने राष्ट्रिय एकताको प्रतीकको रूपमा यस खेलले सहभागी सबैलाई आभास दिलाउने छ ।’

उनले हालसम्म ८ टिम दर्ता भइसकेको जानकारी गराउँदै २९ सेप्टेम्बर सम्म दर्ता गर्न पाउने बताएका छन् । यस फुटबल कार्यक्रमको संयोजकमा गैर आवासीय नेपाली सङ्घ जर्मनी एलसिसि एन आर डब्लुका संयोजक दीपक लामालाई तोकेको छ ।

उनले प्रतियोगिताका सम्पन्न गराउन प्रायोजक बनी बनी दिन समेत जर्मनीमा रहेका सङ्घ संस्था, व्यवसायीहरूमा अनुरोध गरेको छ । विज्ञप्तिमा भनेको छ,‘प्रतियोगिताको प्रथम, दोस्रो , तेस्रो, उत्कृष्ट खेलाडी, उत्कृष्ट उत्कृष्ट गोल कि पर, म्यान अफ म्याच, गोल्डन बुट कप र धेरै मेडलदेखी व्यवस्थापन खर्चिलोहरू छन् र हामीले दर्शकहरूलाई निःशुल्क गरिएकोले आर्थिक देखी, नैतिक, भौतिक सहयोगको सक्तछ जरुरत छ ।’

सङ्घले आगामी ०३ अक्टोबरका दिन आयोजना हुन लागि रहेको यस फुटबल प्रतियोगितामा जर्मनीमा कार्यरत स्थानीय तथा राष्ट्रिय स्तरका सम्पूर्ण सङ्घ संस्थाहरूलाई हामी आर्थिक भौतिक एवम् नैतिक साथ सहयोग र समर्थन गरी कार्यक्रम सफल पार्न सहयोगको लागि अनुरोध गरेको छ ।

अध्यक्ष मोक्तानले सन २०१२ मा एलसिसी एनआरएन डब्लु र एनआरएनए जर्मनीको संयुक्त आयोजनामा बोखुममा सफल फुटबल खेल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७