एनआइसी एसिया बैंकलाई किङ्स एघार कर्पोरेट कपको उपाधि


८ आश्विन २०७५, सोमबार
1537794313corporate NIC winner

काठमाडौं, ८ असोज ।  प्रथम काठमाडौं किङ्स एघार कर्पोरेट कप एनआइसी एसिया बैंकले जितेको छ। एनएलआइसीलाई हराउँदै बैंकले उपाधि जितेका हो।

१७ सेप्टेम्बर देखि २२ सेप्टेम्बरसम्म रोयल केसिटिसीको इन्डोर मैदानमा भएको खेलको फाइनलमा बैंकले एनएलआइसीलाई हराएको हो।

बैंकले टस जितेर ब्याटिङ रोजेपछि एनएलआइसीको लागि एक विकेटको क्षतिमा ६७ रनको लक्ष्य दियो। एनएलआइसीले जम्मा ५० रनमात्र बनाउन सक्यो। बैंकले १६ रनको जित निकाल्दै प्रथम काठमाडौं किङ्ग्स एघार कर्पोरेट कपको उपाधि हात पारेको हो।

काठमाडौं किङ्स एघार कर्पोरेट कपमा प्रमुख कर्पोरेट घरानाहरु र बैंकहरु गरी १४ वटा टिमले सहभागिता जनाएका थिए। लक्की ग्रुपको एक सदस्य प्रतिष्ठान टेली होल्डिङ्ग्सले काठमाडौं किङ्ग्स एघार आयोजना गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७