एमाले अध्यक्ष ओलीले भने,‘कांग्रेस विचार शून्य पार्टी’


२९ कार्तिक २०७४, बुधबार
kp oli madhav nepal

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको काँग्रेस पार्टी विचार शुन्य पार्टी भएको बताएका छन् । एमाले र माओवादी केन्द्रको वामगठबन्धन काठमाडौंले मंगलबार आयोजना गरेको वामगठबन्धनको साझा उम्मेदवारको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस विचार शुन्य भएको बताएको हो ।

kp oli madhav nepal

‘अहिले काँग्रेस पार्टी बिचार सुन्य पार्टी भएको छ, केही बिचार नभएको यो पार्टीले सरकारमा बसेर लुटखटोस मात्रै गरिरहेको छ’ ओलीले भने, ‘सरकारले बिपक्षीप्रति फाँसिवादीको नीति अख्तियार गरेको छ, यसप्रति म खेद व्यक्त गर्छु ।’

सरकारले अहिले राज्यकोषमा लुटखटोसको राजनीति गरिरहेको आरोप लगाउँदै उनले २३ करोड भन्दा बढी रुपैया कार्यकर्तालाई बाडनुले ब्रम्हलुट सरकारले मच्चाईरहेको प्रमाणित भएको पुष्टी गरेका छन् । शान्ति सुरक्षा दिएर निष्पक्ष एवं स्वतन्त्र रुपमा निर्वाचन गराउँनुपर्ने सरकारले कमिशन नपाएकै कारण सम्झौता रद्ध गर्दै गरेको बताए ।

भनेजति चन्दा नपाएपछि आफैले गरेको सम्झौता खारेज गर्न खोज्ने सरकार र चन्दाकै लागि धम्की, डर, त्रास र लुट मच्चाउँने विप्लव बीच केही भिन्ता नरहेको ओलीको भनाई रहेको छ । वामगठबन्धनका उम्मेदवारमाथि आक्रमण गर्ने र त्यस्ता आक्रमणकारीलाई नै संरक्षण दिने सरकारका बीचमा साँठगाठ रहेको उनले बताए ।

वामगठबन्धनले देशैभरीका जनता एवं कार्यकर्ता खुशी भएको बताउँदै ओलीले अब आर्थिक समृद्धिको सपना पुरा हुने दावी गरेका छन् । एकताति लम्पसारवादी अर्को तर्फ देशभक्तको वामपन्थी गठबन्धन रहेकाले वामपन्थी गठबन्धनको बिजयी सुनिश्चित भएको बताउँदै जनताले देशभक्तलाई छान्ने बताए ।

एमाले राष्ट्रिय हित, सामाजिक न्याय, समानता र समृद्धिको पक्षमा रहेको पार्टी भएकाले एमाले नेतृत्वको वामगठबन्धनका साझा उम्मेदवारलाई बिजयी गराई समृद्ध राष्ट्र निर्माणमा जुटन उनले आहवान गरेका छन् । समृद्ध राष्ट्र निर्माणकै लागि एमाले र माओवादी केन्द्र बीच तालमेल भएको स्पष्ट गर्दै उनले कुनै भ्रमको पछि लाग्नु आवश्यक नभएको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वामगठबन्धनको केन्द्रीय सरकारकार साथै सात वटै प्रदेशमा प्रदेश सरकार बन्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामगठबन्धनका उम्मेदवारलाई जनताले बिजयी गराउँने बिश्वास व्यक्त गर्दै संघ, प्रदेश र स्थानीय तहको सरकारले समृद्ध मुलुक बनाउँने ठोकुवा गरेका छन् ।
काँग्रेसले बिगतमा तीन पटक बहुत ल्याए पनि मुलुकलाई समृद्ध बनाउँन नसकेको बताउँदै नेपालले वामगठबन्धनको सरकारले मुलुकलाई समृद्ध बनाउँने बताए । मुलुकलाई समृद्ध बनाउँन रोजगार, शिक्षा, स्वास्थ्य, यातायात लगायतको बिकास गर्दै बिकशीत मुलुक बनाउँने जिम्मेवारी बामगठबन्धनको काँधमा आएको उनले बताए ।

आफु पराजित हुने मानसिक्ताले काँग्रेस नेताहरु आतिएको बताउँदै उनले चुनाव सार्न बिभिन्न बाहाना खोजिरहेको आरोप लगाएका छन् । वामगठबन्धनका साझा उम्मेदवारमाथि आक्रमण गर्ने आपराधिहरुलाई तुरुन्त कारवाही गर्नुपर्ने सरकारसंग माग गर्दै उनले निर्वाचन केन्द्रत हुन आग्रह गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार हत्याको षडयन्त्र
अध्यक्ष ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले र उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताए ।  वाम गठबन्धनको उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका उनले व्यक्त गरे

सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई रु २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले भने, “सरकारी ढुकुटी दोहन गरेर सरकारले रु २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको छ, त्यसपछि गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७