डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…


९ आश्विन २०७५, मंगलवार
facebook in girls with laptop

काठमाडाैं, ९ असाेज ।  फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ ।

प्रविधिको राम्रो ज्ञान नहुँदा र दुप्योगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । यो खबर आज प्रकाशितमा छ ।

नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् ।

आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् ।

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।

साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे ।
त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे ।

बुहारी आश्चार्यमा परिन् ।
अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए ।

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् ।

काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् ।

महाशाखाले उनलाई फोन गर्यो ।
उनी भुपु डिएसपी भएको पत्ता लाग्यो ।

नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।
गत शुक्रबार उनलार्य महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७