अन्धाधुन्द खुकुरी प्रहारबाट तीन जनाको हत्या  


२९ कार्तिक २०७४, बुधबार
khukuri

हेटाैडा :  मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकरी प्रहारबाट तीन जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार  मंगलबार साँझ मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो ।

khukuri
सितारामको प्राथमिक स्वास्थ्य चौकी मनहरी र सुडन र जितबहादुरको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक सिताराका दुई छोरामध्ये उनीसँगै जेठा छोरा सुडनको हत्या भएको हो।
प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । घरासयी झगडापछि खुकुरी लिएर घरबाट निस्किएका ३१ वर्षीय बराइलीले घर नजिकै रहेका छिमेकीमाथि एक्कासी खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७