लालबाबुलाई बदनाम गर्ने को को हुन् ?


९ आश्विन २०७५, मंगलवार
Lalbabu Pandit 1

काठमाडौं, ९ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई एकपछि अर्को बदनाम गर्ने काम भइरहेको छ । पण्डित पछिल्लो पटक मन्त्री भएपछिका क्रियाकलापका कारण उनको बोली र ब्यवहारमा फरक देखिएको अर्थ लगाउन थालिएको छ ।

Lalbabu Pandit 1

अघिल्लो पटक डीभी पीआर विरुद्ध अभियान चलाएर चर्चामा आएका पण्डित यो पटक एकपछि अर्को विवादमा पर्दैछन् । उनले आकर्षक कार्यालयबाट आकर्षक कार्यालयमा सरुवा नगर्ने भाषण गरे पनि ब्यवहारमा त्यसविपरीत हुँदैआएको छ । मालपोतबाट यातायात र यातायातबाट मालपोत कार्यालयमा सरुवा नगर्ने उनले भाषण गरेको एक हप्तामै नायबसुब्बा रमेश गुरागाईलाई भूमि ब्यवस्थापन विभागमा सरुवा गरेका छन् । नासु गुरागाई मनमैजु मालपोत कार्यालयमा ४ बर्ष, त्यसपछि सुकेधारा यातायात कार्यालयमा ४ बर्ष काम गरेपछि भर्खरै भूमि ब्यवस्थापन विभागमा सरुवा भएका छन् ।

विभागबाट उनी ललितपुर मालपोत कार्यालयमा सरुवा हुने करिब पक्का भएको छ । सामान्य प्रशासन मन्त्रालयले नै उनलाई भूमि ब्यवस्थापन विभागमा सरुवा गरेको हो । सामान्य प्रशासन मन्त्री पण्डितको सचिवालयका कर्मचारीले घुस लिएर उनलाई विभागमा सरुवा गरेका छन् । गुरागाईलाई विभागबाट ललितपुर मालपोतमा सरुवा गर्नका लागि ट्रेृड युनियनका एक पदाधिकारीले महानिर्देशक मुक्ति आचार्यलाई दिनमा २ पटक फोन गर्दैआएका छन् । एक नासुले मन्त्रीको सचिवालयका कर्मचारीलाई प्रभावमा पारी भूमि ब्यवस्थापन (मालपोत) विभाग र त्यहाँबाट ललितपुरमा सरुवा हुन ट्रेड युनियनका पदाधिकारीलाई प्रभावमा पारिसकेका छन् । उनको एक दुई दिनमा नै ललितपुर मालपोत कार्यालयमा सरुवा हुने निश्चित भएको छ ।


मन्त्री पण्डितको मन्त्रालयमा दलाल खेम आचार्यमार्फत् सबै सरुवाको काम हुने गरेको छ । केशव बुढाथोकी सामान्य प्रशासन मन्त्री हुँदा सामान्यमा छिरेका उनी अहिले पनि कायमै छन् । उनी प्रायः प्रशासन महाशाखाका सहसचिव रुद्रसिंह तामाङ र उपसचिव ऋषिराज आचार्यको कोठामा देखिने गरेका छन् । उनैले लालबाबुको मन्त्रालयमा सरुवामा घुस संकलन गर्दै काम गराउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७