फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा


२९ कार्तिक २०७४, बुधबार
KTM POLICE201
uf}rg xTofdf ;+nUgnfO{ ;fj{hlgs lgdf0f{ Joj;foL dxf;+3sf cWoIf z/b uf}rgsf] xTofdf ;+nUgnfO{ d+unaf/ sf7df8f}Fdf cfof]lht kqsf/ ;Dd]ngdf ;fj{hlgs ub}{ k|x/Låf/f kqmfp k/]sf s]xL xTof/fx? g’jfsf]6sf /flhj :ofªtfg, ;ljhL dxtf], d’s]zs’df/ kf08], ;Gtf]if u’?ª / k|sfz j’9fyf]sL . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं: निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक महिना पछि मंगलबार पत्रकार सम्मेलन मार्फत् गौचन हत्या फिरौतीकै लागि भएको जानकारी दिएको छ।

KTM POLICE201

शान्तिनगरस्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जानेक्रममा गत असोज २३ गते अज्ञात समूहबाट गोली हानी गौचनको हत्या गरिएको थियो। प्रहरीले हत्याको मुख्य योजनाकार बाफलका समिरमान सिंह बस्नेत रहेको जनाएको छ। सिंहलाई रुपन्देहीका मनोज पुनले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ भने मुख्य योजनाकार सहित आठ जना फरार छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा नुवाकोटका राजीव स्याङ्तान, पर्सा कालिकामाइका शिवजी महतो, भारत विहारका मुकेश कुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सीतापाईलाका प्रकाश बुढाथोकी छन्।

पत्रकार सम्मेलनमा कार्यदलका प्रमुख डीआइजी गणेश केसीले पक्राउ मध्ये स्याङ्तान ‘सुटर’ रहेको जानकारी दिए। उनका अनुसार महतो र पाण्डेले हतियार र मोटरसाइकलको व्यवस्था गरेका थिए। पाण्डे र बुढाथोकी पनि मोटरसाइकलको व्यवस्था गरेको प्रहरीले जनाएको छ।

डीआइजी केसीले गौचनको हत्या फिरौती नदिएकै कारण गरिएको जानकारी दिए। कार्यदलले गौचन हत्याको मुख्य योजनाकारको रुपमा बाफलका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई औंल्याएको छ।

बस्नेतसँगै मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन्। डीआइजी केसीका अनुसार गुम्बेलाई घटनामा पक्राउ परेकाले बोका भनेर मात्रै चिन्दै आएका थिए। खुम्बे र राना नेपाली सेनाका भगौडा सिंपाही हुन्।

‘बस्नेत र उनको समूहले गौचनलाई पटकपटक फोन गरेर ठूलै परिमाणमा पैसा (फिरौती)मागेको जानकारी परिवारका सदस्य र अन्यबाट बुझ्दा प्रमाािणत भयो,’ केसीले भने। मुख्य अभियुक्त फरार रहेकाले कति मागिएको भन्ने अनुसन्धानबाट पछि खुल्छ।’

घटनामा सुटरलाई प्रयोग गर्न दुई वटा मोटरसाइकल प्रयोग भएका थिए। प्रयोग भएको बा ३५ प २४६१ नम्बरको साइन मोटरसाइकल समेत भारतबाट चोरी गरी नेपाल ल्याएर नेपाली नम्बर टाँसेर चलाएको रहस्य खुलेको छ। डीआईजी केसीका अनुसार बस्नेत र पुनले लोप्साङलाई परिचालित गरेर पक्राउ अभियुक्तलाई सञ्चालित गरेका थिए।

गौचनमाथि प्रहार भएको गोली दुई वटा पेस्तोलबाट प्रहार भएको प्रहरीको फोरेस्सिक ल्याबबाट पुष्टी भएको छ। हतियारको व्यवस्थापन गर्ने महतोले भारतको बेतियाबाट नेपाली ५५ हजार रुपैयाँमा खरिद गरी ६५ हजारमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गौचन हत्याको अनुसन्धानका लागि बनेको कार्यदलमा केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र विशेष ब्यूरोका प्रहरी अधिकृतहरु संलग्न थिए। उनीहरुले विभिन्न व्यक्तिको कल डिटेलसँगै सीसीटीभी, फोरेन्सिक ल्याबको समेत सहयोग लिएको जानकारी केसीले दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७