दीपकराज जोशीलार्इ फेरी पर्यो आपत्त, दोस्रो पल्ट लिए घरविदा


१० आश्विन २०७५, बुधबार
Deepak raj jhosi

काठमाडौं, १० असोज । प्रधानन्यायाधीश अस्वीकृत भएपछि लामो समय घरविदामा बसेर सर्वोच्च अदालतको फर्किएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पुनः घरविदामा बसेका छन् ।

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि राजिनामा दिने विश्वास गरिएका जोशी सर्वोच्चको काममा फर्किएका थिए । तर केही दिन यता सत्तारुढ नेकपाका सांसदहरुको महाअभियोग लगाउन हस्ताक्षर संकलन गर्न थालेपछि उनी पुनः घरविदामा बसेका हुन् ।

उनी शैक्षिक प्रमाणपत्र नक्कली र विवादस्पद फैसलाहरुलाई कारण देखाउँदै जोशीलाई संसदीय समितिले अस्वीकृत गरेको थियो । न्यायपरिषद्ले संवैधानिक परिषद्मा रोलक्रमअनुसार सर्वोच्च अदालतका तीन न्यायाधीशको नाम पठाएको थियो । जसमा जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम थियो ।

यसअघि जोशीलाई राजीनामा दिनु बुद्धिमानी हुने पूर्वप्रधानन्यायाधीशहरूको सुझाव दिएका थिए । जोशीले नैतिक रुपमा राजीनामा राम्रो हुने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको भनाई थियो ।

यो पनि पढ्नुहोस्
जोशी अस्वीकृत भएपछि न्यायालयमा नयाँ तरंग
दीपकराज जोशीको अन्तरिम आदेशका आधारमा ४ बर्षदेखि क्यासिनो संचालन
विवादास्पद ब्यक्तिलाई प्रधानन्यायाधीशमा लालमोहर नलगाउन खबरदारी

उनले सञ्चार माध्यमलाई भनेका थिए, ‘उहाँलाई प्रधानन्यायाधीशमा संसद्ले अनुमोदन नगरेकाले कामु प्रधानन्यायाधीशका हैसियतले समेत अब पेसी तोक्न नैतिक र कानुनी संकट छ यस्तोमा उहाँले राजीनामा दिनु नै उचित हुन्छ, नत्र संसद्ले महाअभियोग लगाउने ठाउँ रहन्छ ।’

उनी अस्विकृत भएपछि सर्वो अदालतका प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका थिए । उनी सर्वोच्च फर्किएका जोशीले केही दिन इजलास पाएका थिएनन् । तर उनी सर्वोच्च अदालत गइरहे इजलास पाए ।

स्रोतका अनुसार जोशीले इजलास पाएपछि राजीनामा दिएर बाहिरिने वचन दिएकोमा पनि त्यसो नगरेको बताएका छन् । त्यसकारण उनले राजीनामा नदिएपछि उनीविरुद्ध महाअभियोग लगाउन नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ ।

यद्यपी उनका निकट स्रोतका अनुसार १७ पितृ श्राद्ध गर्न घरविदामा बसेको बताएका छन् । उनी शुक्रबारपछि पुनः अदालत फर्किने दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७